आज:  | Tue, 28, Jan, 2025

अहिलेनै एमसिसिको बिरोध गर्नु गलत हुन्छ,रास्वपा उपाध्यक्ष अर्याल

जन आवाज
September 22, 2023मा प्रकाशित (१ साल अघि) ६५३२ पाठक संख्या

अनिल तिवारी
वीरगन्ज,असोज ५
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले एमसिसिको बिरोध गर्नु विकास बिरोधी काम भएको बताएका छन । वीरगन्जमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उपसभापति अर्यालल यस्तो धारणा व्यक्त गरेका हुन ।उनले युएनडिपि,चिनको बिआरआई र भारतले नेपालमा चलाइरहेका विकासका विभिन्न योजना जस्तै एमसिमि पनि एउटा विकासको लागी सहयोग योजना भएको बताउदै भने,एमसिसिको सम्झौता ठुला दलहरुले गरेका हुन,कार्यान्वयनमा विरोध गर्नु गलत हुन्छ,यति विकासको बहानामा कुनै गलत कार्यभयो भने त्योसमय हामि सबै जनता मिलेर बिरोध गर्नु पर्दछ ।

शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेस र मधेसका मुद्दा बारे आफनो पार्टी अहिले बुझ्ने क्रममै रहेको बताउदै भने, ‘मधेस र मधेसका मुद्दा बुझेपछिमात्रै मधेसबारे पार्टीले  स्पष्ट धारणा बनाउछ,अहिले हामि मधेस बुझने क्रममा छौ ।’
अर्यालले पुराना वा ठूला भनिएका राजनीतिक दलले अहिलेसम्म मधेसलाई ठगने कार्यमात्र गरेका आरोप लगाए । अहिले मधेसका ८ वटै जिल्लामा रास्वपा संगठन विस्तारको अभियानमा लागेको जानकारी पनि गराए ।

अर्यालले संविधान धेरै राम्रो भएपनि धेरै विषयहरु संशोधनको आवश्यकता रहेको बताउदै उनेले सघीयताको मोडेलबारे आफ्नो पार्टिको धारणा फरक रहेको बताए ।उनले भने,‘संविधानका  केहि पक्ष असाध्यै राम्रा पनि छन् , तर धेरै कुराहरु सच्याउनु पर्ने पनि देखिन्छ ।’

राजतन्त्र र राजा फर्काउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा नेपालमा अब राजा वा राजतन्त्रका बारेमा बहश गर्नु आवश्यक नै नभएको बताउदै उनले भने,‘पुर्वराजाको नै राजतन्त्र फर्कियोस भन्ने चाहना छैन,  केहि जमातहरुको लहलहिमा राजतन्त्र आउने दिवास्पन मात्र हो ।’

रास्वपाका सदस्य मुर्ली जलानको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाकी मधेस प्रदेश सदस्य तुलसा पौडेल अधिकारी , नेताहरु शेखर अग्रवाल,दिपेन्द्र साह, नवलकिशोर साह, प्रकाश साह लगायतको पनि सहभागिता थियो ।